काठमाडौं, १३ माघ । नेकपा (एमाले) का नेता विष्णु रिजालले अहिलेको सत्ता गठबन्धन भत्काउने प्रयास असफल हुने दाबी गरेका छन् । नेता रिजालले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन् ।
उनले कांग्रेसले गरेको गठबन्धन भत्काउने योजना असफल हुने जिकिर गर्दै भनेका छन्–
‘एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्छ’ भनेर तर्साइरहेका/तर्सिरहेकाहरुले २०६६ वैशाख २० गतेलाई सम्झे पुग्छ । कांग्रेसका रामवरण यादव राष्ट्रपति भएको बेला प्रधानसेनापति हटाउन नसक्दा प्रचण्डले ‘नागरिक सर्वोच्चता’ भन्दै राजीनामा दिएर हिँड्नपरेको तथ्य सुरक्षित छ । दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसलाई माओवादीले चिनेको छैन होला र ? गठबन्धन भत्काउन गरिएको योजना र प्रचारवाजी यसपटक पनि परास्त हुनेछ– सभामुख/उपसभामुख निर्वाचनमा जस्तै ।’