Logo

गृहमन्त्री लामिछानेको मुद्धाको फैसला आउँदैगर्दा सर्वोच्च परिसरको सुरक्षा व्यवस्था थप कडाइ



काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सुनुवाइ सकिएको छ । फैसलाको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा थप सुरक्षा बढाइएको छ ।

मुद्धाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा खटाइएको हो । त्यसैगरी, प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्