Logo

रवि नेपाली नागरिक हैनन् : सर्वोच्च अदालत



काठमाडौं, १३ माघ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुन:प्राप्ति नगरेको भन्दै गैर नागरिक ठहर गरेको छ।

सर्वोच्च अदालतमा रबि लामिछानेको नागरिकता बिवादमा परेको मुद्धापछि फैसला गर्दै अदालतले उनलाई गैरनागरिक ठहर गरेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनीलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको भन्दै नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नहुँदासम्म उनलाई नेपाली नागरिक मान्न नसकिने फैसला गरेको हो।

बुधबार सुनुवाइ नसकिएपछि यो मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार दुवैतर्फका वकिलले बहस टुंग्याएपछि सर्वोच्चले यो मुद्दामा आदेश दिएको हो।

अधिवक्ता रविराज बसौला र युवराज पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।

लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका थिए। सर्वोच्चको यो फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ।



प्रतिक्रिया दिनुहोस्