Logo

बार्सिलोनाद्वारा जिरोना १–० गोल अन्तरले पराजीत



एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनालाई हराएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई विजयी गराउन पेड्रीले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको १८ खेलबाट ४७ अंक जोडेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ४१ अंक छ । पराजित जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।

यसैगरी, ला लिगाकै अन्य खेलमा अल्मेरियाले स्पान्योललाई ३–१, क्याडिजले मलोर्कालाई २–० र सेभियाले इल्चेलाई ३–० ले पराजित गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्