Logo

प्रेस्टनलाई ३-० गोलअन्तरले पाखा लगाउँदै टोटेनहम पाँचौ चरणमा प्रवेश



काठमाडौं, माघ १५ । एफए कप फुटबलको चौथो चरणअन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटेनहमले विजयी भएका छन्। शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले रिडिङलाई ३/१ गोलअन्तरले पराजित गर्दै पाँचौ चरणमा प्रवेश ग¥यो।

युनाइटेडलाई जित दिलाउन कासेमिरोले २ तथा फ्रेडले १ गोल गरे। रिडिङका लागि अमाडोउ एमबेन्गुले एक गोल फर्काए। त्यसैगरी, टोटेनहमले प्रेस्टनलाई ३/० गोलअन्तरले पाखा लगाउँदै पाँचौ चरणमा प्रवेश ग¥यो। टोटेनहमको जितमा सन हेउङ्ग/मिनले २ तथा अर्नाउट डान्जुमाले १ गोल गरे। यता लेस्टरले वालसललाई १/० तथा साउथाम्पटनले ब्ल्याकपुललाई २/१ ले पराजित र्गयो।



प्रतिक्रिया दिनुहोस्