Logo

रबिलाई फेरि सभापति बनाउन रास्वपाको बैठक बस्दै



काठमाडौं, १५ माघ । रबि लामिछानेलाई पार्टीको सभापति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक केही बेरमा बस्दैछ।

यसअघि पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछानेले पुन: नेपाली नागरिकता नलिएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरिदिएको थियो।

पार्टीको बैठकमा पछिल्ला घटनाक्रम, अगामी रणनीतिको बारेमा छलफल र पार्टी सभापतिमा पुन: लामिछानेलाई नै घोषणा गर्ने कार्यक्रम रहेको रास्वपाका एक नेताले बताए।

ती नेताका अनुसार गृहमन्त्रालयमा पुन: तत्काल लामिछानेलाई नै पठाउने वा उपनिर्वाचनपछि मात्रै पठाउने, लामिछानेले गृहमन्त्रालय नलिने भए कसलाई गृहमा पठाउनेलगायतका आन्तरिक विषयमा पनि छलफल हुनेछ।

बैठकमा पार्टीका सांसद् र केन्द्रीय सदस्यको उपस्थिति हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot