Logo

बालुवाटारमा प्रचण्ड-ओलीको गरमागरम वार्ता : गृहमन्त्री आँफै राख्ने र राष्ट्रपतिपनि नदिने प्रचण्डको अडान



काठमाडौं, १५ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित भएको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले गृहमन्त्रालय सत्ता गठबन्धनमा रहेको रास्वपालाई नदिने अडान लिएका छन् । ओलीले भने सहमतिअनुसार रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने दबाब दिएका थिए । प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लकाअनुसार गृहमन्त्रालय रास्वपालाई नदिने र आफ्नै दलबाट नियुक्त गर्ने प्रचण्डको तयारी छ । आजको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको थियो ।

दाहालले राष्ट्रपतिमा पनि एमालेलाई सहयोग गर्न नसकिने आशयको अभिव्यक्ति राखेका थिए । दाहालले २६ पुषमा संसद्मा अभुतपूर्व विश्वासको मत पाएसँगै राष्ट्रपतिमा समझदारी कायम गरिने बताउँदै आएका छन् ।

उनी राष्ट्रपतिमा कांग्रेसलाई पनि स्विकार्य हुने पात्रको खोजीमा छन् । कांग्रेस र माओवादीका कतिपय नेताहरुले राष्ट्रपति कुनैपनि हालतमा एमालेलाई दिन नहुने पक्षमा छन् ।

उनीहरुले सोहीअनुसार प्रधानमन्त्री दाहाललाई दबाब दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा समस्या उत्पन्न भएको छ। दाहाल भने अब एमालेसँगको सहकार्य विस्तारै तोडेर कांग्रेससँग सहकार्य गर्ने मुडमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot