Logo

संकटमा कालीगण्डकी सभ्यता



काठमाडौं, माघ १६ ।

‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र

बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र

तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम

काली गंगा भन न कसरी कुद्दछ्यौ शालिग्रामरु’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले यो कवितांशमा कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ भनी प्रश्न गरिएको छ। यसमा कालीगण्डकीको महिमा झल्किएको छग्राम कुद्ने विशिष्ट वरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि त्यसको सभ्यता र अस्तित्व दुवै संकटमा परेको छ।

कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र होइन, यो त सिंगो पूर्वीय सभ्यता र संस्कृतिको महत्त्वपूर्ण धरोहर हो भन्ने कुरा बिर्संदा कालीगण्डकीको सभ्यता संकटमा पर्दै गएको सरोकारवालाको बुझाइ छ। राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौं वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

शालिग्राम पाइने विश्वकै एक मात्र नदीका रूपमा कालीगण्डकीको बेग्लै पहिचान बनेको छ। हिन्दुहरूको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। कालीगण्डकीको महिमा यतिमा मात्र सीमित रहँदैन। कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु, पक्षी, कीट, पतंगदेखि लिएर मानव जातीलाईसमेत सेवा पु‍र्‍याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताए।

‘कालीगण्डकीको धार्मिक महत्त्व अवर्णनीय छ नै, यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्त्व पनि कम छैन,’ पण्डित पराजुलीले भने। कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ। यसबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ। कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ।

नेपालकै सबैभन्दा ठुलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ। पछिल्लो समय कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण कालीगण्डकी चर्चामा छ। बुटवल, भैरहवा, रूपन्देही, कपिलवस्तुलगायतका क्षेत्रमा कालीगण्डकीको पानी पु‍र्‍याएर सिँचाइ, जलविद्युत् र अन्य प्रयोजनका लागि लाभान्वित गर्ने बृहत् उद्देश्यका साथ डिजाइन गरिएको राष्ट्रिय आयोजनाका रूपमा यसलाई लिइएको छ।

तर यो आयोजनाबाट गण्डकी प्रदेश भने नराम्ररी बिच्किएको छ। यसले मुस्ताङदेखि यादेवघाटसम्मको विशाल क्षेत्रफलमा गम्भीर असर पार्ने विश्लेषणका साथ गण्डकी प्रदेशका स्याङ्जा, पाल्पा र तनहुँका जनप्रतिनिधि आक्रोशित बनेका छन्। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले त कालीगण्डकी डाइभर्सन पूरा नहुने भन्दै कडा टिप्पणी गरी डाइभर्सनप्रति गम्भीर असहमति जनाएका थिए।

डाइभर्सन आयोजनाले स्याङ्जाको राम्दीदेखि देवघाटसम्मको १३३ किलोमिटरअन्तर्गत चापाकोट नगरपालिका, रामपुर नगरपालिका हुँदै रम्भा, निस्दी, घिरिङ, बुलिङटार, बौदीकाली, देवघाट गाउँपालिका हजारौं परिवार प्रभावित हुने अनुमान गरिएकाले यस क्षेत्रका मानिस आयोजना अगाडि बढ्ने भयो भनेर थप आक्रोशित बनिरहेका छन्।

यता गण्डकी प्रदेशका पर्वत, बागलुङ, म्याग्दी मुस्ताङ लगायतका जिल्लाका बासिन्दा चिन्ता भने बेग्लै छ। कालीगण्डकीको दक्षिणी क्षेत्रमा लुम्बिनी प्रदेश लक्षित डाइभर्सनको विषयले कालीगण्डकीको मौलिक अस्तित्व नासिने खतरा बढेको टिप्पणी गर्न थालिएको छ। उत्तरी क्षेत्रमा भने यसको मौलिक स्वरूप नासिनुका साथै वातावरणीय अस्तित्वसमेत खतरामा पर्ने चिन्ताले गाँजेको छ। कालीगण्डकीको किनारैकिनार हुँदै खनिएको काली गण्डकी करिडोर, भूक्षय, बाढीपहिरो आदिले कालीगण्डकी नदीको जलचक्र प्रणाली नै प्रभावित भएको वातावरणविद् सापकोटाले बताए।

त्यसैगरी कालीगण्डकीबाट अनियन्त्रित रूपमा निकालिने नदीजन्य पदार्थ र सहरी क्षेत्रको फोहरमैला विर्सजन गरिने चलनले पनि कालीगण्डकीले मौलिकस्वरूप गुमाउँदै गएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot