काठमाडौं, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ। अहिले विहान ११ बजे संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेन्डरको विषयमा छलफल हुने जनाइएको छ ।
पुराना दलले क्यालेन्डर व्यवहारिक नभएको तर्क नियमावली मस्यौदा समितिमा गरेपछि त्यसमा समाधानसहितको जवाफ दिनका लागि बैठकमा छलफल हुन लागेको हो । आजै दिउँसो १ बजे नियमावली मस्यौदा समितिको बैठक समेत बस्ने तय भएको छ ।