Logo

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु, ६ जना घाईते



काठमाडौं, माघ १६ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडि भएको दुर्घटनामा बा २ ज ३४२० नम्बरको ट्याक्सीमा सवार एक जना र बा ४ च १ नम्बरको कारमा सवार एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ट्याक्सीमा सवार पाँच जना र कारमा सवार एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका ७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्य रहेका छन् । दुबैजनाको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot