काठमाडौं, १६ माघ । दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् । हिजोमात्रै नेपाल ओर्लिएकी न्युल्याण्डले आजबाट उच्चस्तरको भेटवार्ता सुरु गरेकी छिन् ।
ओली भेट्नुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेकी छिन् । त्यसलगत्तै उनले एमाले अध्यक्ष ओलीसँग भेट गरेकी हुन् । उनी ओलीलाई भेट्न सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालय पुगेकी हुन् । सो भेटवार्तामा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाईएको छ ।