काठमाडौं, १६ माघ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा सुशिल ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महत नियुक्त गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा उनीहरुलाई नियुक्त गरेको अर्थमन्त्री विष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेले जानकारी दिए ।