Logo

शहीद दिवसमा नेविसंघको दीप प्रज्वलन, सरकारका गतिविधि नियालिरहेको सभापति शेर्पाको भनाई (फोटोफिचर)



काठमाडौं, १६ माघ । नेपाल विद्यार्थी संघले आज शहीद दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । आज साँझ काठमाडौंस्थित् शहीदगेटमा नेविसंघले दीप प्रज्वलन गरेको हो । सो क्रममा नेविसंघका सभापति दुजाङ शेर्पासहितका नेताहरुले शहीदहरुको सम्मानमा दीप प्रज्वलन गरिएको हो ।

नेविसंघले हरेक वर्ष शहीद दिवस मनाउँदै आएको छ । सो क्रममा सभापति शेर्पाले ज्ञात तथा अज्ञात शहिदहरुप्रति श्रद्धासुमन अर्पण गरेका थिए । शहीदहरुकै कारण मुलुकमा वाक स्वतन्त्रता तथा मानवअधिकार प्राप्त गरेको भन्दै उनले शहीदहरुको योगदानको चर्चा गरेका थिए । शेर्पाले अहिलेको सरकारका सबै कदम र गतिविधिलाई सुक्ष्म ढंगबाट नियालिरहेको सुनाए ।

भ्रष्टाचार गर्दिनँ भनेर पशुपतिनाथमा कसम खाएपनि सबैभन्दा भ्रष्ट व्यक्ति भनेर चिनिएको व्यक्ति नै आज सो दलबाट मन्त्री बनेको उनको आरोप छ । उनले अग्रजहरुको आन्दोलन र सहादतबाट व्यवस्था परिवर्तन भएपनि मुलुक र जनताको अवस्था परिवर्तन नभएको गुनासो पोखे । उनले ०६२ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्नु मुलुकको लागि दुःखद् विषय भएको पनि चित्रण गरे ।

Photos & Video By: Dinesh Chaudhary/ReportersNepal



प्रतिक्रिया दिनुहोस्