![](https://reportersnepal.com/wp-content/uploads/2023/01/328091301_1572317389916045_2006082042703360144_n-576x768.jpg)
काठमाडौं, माघ १७ । बैतडीस्थित कृषि प्राविधिक तथा उद्यम संस्था पाटनले पाटन नगरपालिका वडा नम्बर ६ पाटन बजार र कृषि प्राविधिक तथा उद्यम संस्थाको कार्यालय परिसरमा छाडा पशु चौपायाको संख्या दिन प्रतिदिन बढ्दै गएकाले समयमै व्यवस्थापनका लागि नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
नगरभित्रका कृषक, व्यापारी तथा अन्य आम समुदायबाट छाडा पशु चौपायाको व्यवस्थापनको माग उठि रहेको समयमा नगरपालिकाले चुस्त व्यवस्थापनमा ध्यान दिन ध्यानाकर्षण गराईएको हो ।