Logo

रबिले नैतिकताको आधारमा गृहमन्त्री बन्न मिल्दैन– लिलामणि पोखरेल (भिडियोसहित)



काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले गृह मन्त्रालयको गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिन नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आन्तरिक प्रशासनसँग सम्बन्धित गृह मन्त्रालय माओवादीले नै नेतृत्व गर्ने बताएका हुन् ।

‘नेकपा (माओवादी) ले सरकारको नेतृत्व गरेको छ । जसले सरकारको नेतृत्व गरेको छ, सरकारको आन्तरिक प्रशासनसँग सम्बन्धित मन्त्रालय उसैले नेतृत्व गर्ने हो,’ उनले भने । गृह मन्त्रालय , अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको मन्त्रिपरिषदमा विशेष महत्व रहेको तर माओवादीको नेतृत्वमा कुनै मन्त्रालय पनि नरहेको अवस्थामा कारणबस खाली रहेको गृह नछाड्ने उनको भनाई छ ।

साथै, रबि लामिछानेले अब नैतिकताको आधारमा गैरसांसदको रुपमा गृहमन्त्रीको दाबी गर्न नमिल्ने उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गैरसांसदको रुपमा रबिलाई गृहमन्त्री बनाउन मन लाग्दैमा त्यो सम्भव नरहेको उनको दाबी छ । ‘उहाँ (रबि) कुन परिस्थितिको कारण त्यहाँबाट हट्नुपर्यो, मोरल पनि होला नि त ? अरुलाई नैतिकताको पाठ सिकाउनेले आफूले पनि नैतिकला पालना गर्नु पर्ला नि ? आफू नैतिकवान नबन्ने अनि हामीले अरु जनतालाई नैतिकवान बन भनेर कसरी भन्न सक्छौं ?’ उनले प्रश्न गरे ।

एमाले अहिलेको सत्ता गठबन्धनको प्रमुख घटक भएपनि अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काम कारबाहीमा असर पर्ने कुनै क्रियाकलाप गर्न नहुने उनको भनाई छ । अहिले मन्त्रिपरिषदमा रहेको मन्त्रीहरुलाई यो व्यवस्थाको विरोधमा बोल्ने छुट नभएको उनको दाबी छ । व्यवस्थाको विरोध र सरकारका काम कारबाहीको आलोचना गर्न मन भएकालाई राजीनामा दिन पनि उनले आग्रह गरे ।

‘यो देशको संविधानले प्रधानमन्त्रीलाई मुख्य कार्यकारी अधिकार दिएको छ । मन्त्रिपरिषदको सदस्यहरु प्रधानमन्त्रीप्रति उत्तरदायी हुनपर्छ, अरुप्रति होइन । मन्त्रिपरिषद संसद्प्रति उत्तरदायी हुनुपर्छ र संसद देश र जनताप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot