Logo

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त



काठमाडौं, १७ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ढकाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

मुख्यमन्त्री जम्कट्टेलका नव नियुक्त प्रमुख राजनीतिक सल्लाहकार ढकाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनले पार्टीको अर्थ तथा योजना विभागको सदस्यसमेत भएर काम गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot