Logo

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका



काठमाडौँ,१७ माघ । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष चौलागाईंले भने, “खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो ।” गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ ।

छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot