गौर, माघ १८ । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारी अखाद्यवस्तु बरामद गरेको हो।
भैँसीसहित विभिन्न पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्यवस्तुहरू ठूलो परिमाणमा बरामद गरेको छ।
उक्त कार्यमा संलग्न डेरीका सञ्चालक राजपुर नगरपालिका–१, भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी सञ्चालन गरेका मोहम्मद मतिउल्लाह, त्यहाँ कार्यरत दुई जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार सोधपुछको क्रममा भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट नेपालमा भिœयाइएको बुझिएको छ।
प्राप्त सूचनाका आधारमा प्रहरीले छापा मारेको तथा त्यहाँ बरामद भएको अखाद्यवस्तुको परीक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुनबमोजिम सञ्चालकसहित दोषीलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।