Logo

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा



काठमाडौं, माघ १८ । इन्टर मिलानले कोपा इटालिया फुटबलको सेमिफाइनलको यात्रा गरेको छ । क्वाटरफाइनलमा एटालान्टालाई १–० ले हराउँदै इन्टरले सेमिफाइनलको यात्रा गरेको हो ।

सान सिरोमा गएराति भएको खेलमा मिलानको जितमा माटेयो डर्मियानले गोल गरे । उनले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

सेमिफाइनलमा अब मिलानले युभेन्टस र लासियोबीच हुने खेलको विजेताविरुद्ध खेल्नेछ । युभेन्टस र लासियोबीचको क्वाटरफाइनल शुक्रबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot