Logo

नेपाली सेनाले माग्यो करार र ज्यालादारी कर्मचारी (सूचीसहित)



काठमाडौं, माघ १८ ।  नेपाली सेनाले स्वास्थ्य तर्फ करार र ज्यालादारी कर्मचारी माग गरेको छ । सेनाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लागि उपप्रध्यापकदेखि आफू महातहका अस्पतालका लागि सरसफाइकर्मीसम्म माग गरेको छ ।

स्वास्थ्य विज्ञान संस्थानका सेनाले ७ जना उपप्राध्याक र ६ जना सहायक प्राध्यापक माग गरेको छ। संस्थगानका लागि केही प्राविधिक कर्मचारी पनि मागरेको छ।

यसबाहेक स्वास्थ्यतर्फ स्वास्थ्य सेवा महाशाखा छाउनीका लागि ७ जना औषधि वितरक पनि करार सेवामा सेनाले माग गरेको छ ।

नेपाली सेनाले सैनिक अस्पताल नेपालगन्जका लागि दैनिक ज्यालादारीमा ११ जना सरसफाइकर्मी पनि माग गरेको छ ।

स्वास्थ्य बाहेकका अन्य केही पदका लागि पनि आवेदन खुलाएको छ। योग्यता पुगेका इच्छुकलाई सूचना प्रकाशित भएको मिति(माघ१८) ले १५ दिनभित्र आवेदन दिन भनिभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot