Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ



काठमाडौं, माघ १९ । दुबईबाट नेपाल आएका क्यानडेली नागरिक ९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाई दुबईको जहाजमा गएराति १२ बजे नेपाल आएका उनी ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

३५ वर्षका मोहमद कमल महगौबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी पहिलोपल्ट नेपाल आएको पाइएको र अहिले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।
उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्