Logo

राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक



काठमाडौं, माघ १९ । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाले बैठक बोलाएको हो । यस विषयमा अहिलेसम्म राप्रपाले आफ्नो धारणा सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्