काठमाडौं, १९ माघ । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको उपत्यका केन्द्रीत निर्वाचन आजबाट सुरु भएको छ । उपत्यका बाहिर यसअगाडि भईसकेको छ । निर्वाचन अन्तरगत उपत्यकामा प्रज्ञा प्रतिष्ठानबाट मतदान सुरु हुँदै छ।
२९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि माघ ६ गते शुक्रबार र ७ गते शनिबार संघका १६ वटा शाखा कार्यालयहरुमा निर्वाचन कार्यक्रम सम्पन्न भईसकेको छ । उपत्यकामा आज, भोली र पर्सी निर्वाचन हुँदैछ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष ९प्रदेश संयोजक० एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष सहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा. शिवजी विक्रम शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम