Logo

आजै सरकारबाट बाहिरिने रास्वपाको तयारी, रवि लामिछानेले गरे संकेत



काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । रास्वपाले सत्ता गठबन्धनमा भएको सहमतिबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल अघि नबढेको भन्दै अब सरकारमा नरहने निर्णय लिन लागेको हो । पार्टी सभापति रवि लामिछाने यसअघि उपप्रधान एवम् गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

तर, लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलापछि भने उनी सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । उनले सर्वोच्चको फैसलाबमोजिम नागरिता पूनः प्राप्ति गरेर गृहमन्त्रायमा नै फर्कने चाहना राखेका थिए । उनलाई गृहमन्त्रीमा बहाली गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक थिए । ओलीले त्यसको लागि प्रधानमन्त्री दाहालसमक्ष दबाब दिएका थिए ।

तर, प्रधानमन्त्री दाहालले भने लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवादपनि बाँकी नै रहेकोले अहिले सो मन्त्रालय आँफै राख्ने निश्कर्ष सुनाएका थिए । लामिछानेले प्रधानमन्त्री दाहालसँग लगातार यसबारेमा छलफल गरेका थिए ।

तर, दाहाल आफ्नो अडानबाट टसमस नभएपछि लामिछाने अब सरकारबाट बाहिरिने मुडमा पुगेका छन् । उनले आजै त्यसको संकेत गरेका छन् । अहिले दिउँसो ३ बजे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

सो बैठकले सरकारबाट बाहिरिने निर्णय लिन लागेको पार्टीनिकट स्रोतको दाबी छ । रास्वपा सरकारबाट बाहिरिएलगत्तै सत्ता गठबन्धनमा संकट उत्पन्न हुने चर्चा छ । प्रधानमन्त्री दाहाल भने राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेसले आफूलाई साथ दिनेमा ढुक्क छन् ।

रवि लामिछानेको टिप्पणी : मेरो मौनता आजसम्मको लागि मात्रै हो

ओली र रविको थेग्नै नसक्नेगरि दबाब आउन थालेपछि देउवासँग सहकार्यको मुडमा प्रचण्ड



प्रतिक्रिया दिनुहोस्

Screenshot