Logo

पाकिस्तानको मस्जिदमा आत्मघाती हमलाकारी प्रहरीको पोशाकमा



एजेन्सी । पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोशाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन्।

‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने उनी प्रहरीको पोशाकमा थिए, यो सुरक्षाको कमजोरी थियो,’ खैबर पख्तुनख्वा प्रान्तका प्रहरी बलका प्रमुख मोअज्जम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भनेका छन्।

उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद गत सोमबार विस्फोट भएको थियो। यस विस्फोटमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रमा आक्रमणका घटना लगातार बढिरहेको छ।

मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै रहेका सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई जानकारी दिएका थिए। रासस

file photo



प्रतिक्रिया दिनुहोस्