Logo

पृथ्वी राजमार्गको सलाङ्गघाटमा बस दुर्घटनाः सात जना घाइते



धादिङ, माघ २० । पृथ्वी राजमार्गमा विहान भएको सवारी दुर्घटनामा परी सात जना घाईते भएका छन् । नेपालगंजदेखी काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत सलाङ्गघाट भन्ने स्थानमा सडकमा पल्टिएको हो ।

दूर्घटनापछि सडक एकातर्फी संचालन भइरहेको प्रहरी चौकी बेनीघाटका प्रमुख भानु आचार्यले बताए ।

तीब्रगतिका कारण बस पल्टिएको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्