काठमाडौं, माघ २१ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । यसअघि बिहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि छलफलका लागि समय अभाव रहेको भन्दै बैठक आजका लागि सारिएको थियो।
स्थायी कमिटी बैठकमा पार्टी एकता, नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्ने एजेण्डा थियो। बैठकमा रास्वपासँगको बिबाद र केन्द्रिय विभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने जनाइएको छ।
यता राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बस्दै छ।
शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले विहान ११ बजे बैठक बस्न लागेको हो ।
एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
लामो समय देखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ।