Logo

सञ्चारमाध्यम मुलुकको दुस्मन



काठमाडौं, माघ २३ । आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्।

उनले सञ्चारमाध्यमलाई मुलुकको दुस्मन भन्न पनि भ्याए। ‘देशलाई विदेशीको अड्डा बनायो भनिन्छ, त्यो होइन। केही मिडियाले विदेशीको एजेन्ट हुँ भनेर देश बिगारेका छन्,’ उनले भने। विदेशी मुलुकका नाम लिएर यहाँ सञ्चारमाध्यमले तर्साउने गरेको उनको भनाइ थियो।

पत्रकार सम्मेलनकै क्रममा उनले विभिन्न सञ्चारमाध्यमका नाम लिँदै निकै तल्लो स्तरको टिप्पणी पनि गरे। जसमा उनले विभिन्न सञ्चार गृह, सञ्चार उद्यमी, वरिष्ठ पत्रकार र सम्पादकलाई मुछेका थिए। सञ्चारमाध्यमकै समाचारबाट प्रभावित भएर सर्वोच्च अदालतले आफूविरुद्ध फैसला गरेको पनि लामिछानेले दाबी गरे।

२०७४ सालको निर्वाचनमा उम्मेदवार रहेका १५ जना उम्मेदवारको योग्यतासम्बन्धी सर्वोच्चमा १५ थान मुद्दामध्ये पाँचवटाको मात्रै अन्तिम टुंगो लागेको उल्लेख गर्दै उनले आफ्नो मुद्दा सञ्चारमाध्यमकै कारणले छिटो सुनुवाइ भएको बताए। ‘अदालतमा कति मुद्दाको चाङ छ होलारु तर मेरै मुद्दा अगाडि किन सुनुवाइ भयोरु मेरै मुद्दा छिन्न लाइन मिचियो। खैर ठीक छ, म त्यसलाई स्वीकार गर्छु,’ उनले भने।

स्वार्थको द्वन्द्वका विषयमा आफूलाई सञ्चारमाध्यमले खेदेको पनि लामिछानेले दाबी गरे। उनले भने, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट मैले मात्रै हेर्ने हो ररु अन्यले हेर्नुपर्दैनरु’ यस्तै लामिछानेले पटकपटक ‘मिडियाका १२ भाइ’ भनेर नेपाली सम्पादकहरूलाई मुछ्ने काम गरेका थिए। यिनै १२ भाइले आफूलाई राहदानी मुद्दामा फसाउन खोजिरहेको पनि उनले दाबी गरे।

‘पासपोर्ट (राहदानी) मा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफैं मजाले लड्छु,’ उनले भने। राहदानीमा आफू जेल पर्न सक्ने र सम्भवतः राजनीतिक यात्रा पनि समाप्त हुन सक्ने उनले अनुमान गरे। यद्यपि आफू जेल परे वा मरे पनि रास्वपा जीवित रहने उनले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्