Logo

जटिल नीतिले अर्बौंको काठ आयात गर्नुपर्ने बाध्यता



काठमाडौं, माघ २३ ।  नेपालमा वर्षेनि ठूलो परिमाणमा काठ तथा काठजन्य सामग्री विदेशबाट आयात हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा १५ अर्ब १८ करोडको काठ तथा काठजन्य वस्तु नेपालमा आयात गरिएको थियो । गत आव २०७८/७९ मा यो रकम बढेर १७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । उक्त आवमा काठ मात्रै ७ अर्ब ४५ करोडको आयात भएको तथ्यांक छ ।

चालू आव २०७९/८० को ६ महीनामा २ अर्ब ७६ करोड रुपैयाँको काठ आयात भइसकेको छ । काठ आयातको यो परिमाणले धेरैलाई झस्काएको छ । नेपाल वन सम्पदामा धनी भएको र ठूलो भूभागमा जंगल फैलिएको स्थितिमा यति धेरै धनराशीको काठ विदेशबाट आयात भएको तथ्यांकलाई स्वाभाविक मान्न सकिँदैन । यसले मुलुकले अवलम्बन गरेको नीतिमा समीक्षाको खाँचो पनि औंल्याउँछ ।

वन मन्त्रालयका अनुसार नेपालमा कुल भूभागको ४५ प्रतिशतभन्दा बढी क्षेत्र वनजंगलले ढाकेको छ । ४१ प्रतिशत वनक्षेत्र हो । बाँकी ४ प्रतिशतमा बुट्यान छ । नेपाललाई अहिले वार्षिक रूपमा १० करोड क्युफिट काठ आवश्यक पर्ने यस क्षेत्रका व्यावसायिक संस्थाको भनाइ छ । तर, गत आव २०७८/७९ मा नेपालको वनजंगलबाट २ करोड १२ लाख क्युफिट काठ मात्रै उत्पादन भएको देखिन्छ ।

काष्ठ उद्योग व्यवसायी महासंघका अध्यक्ष कपिल अधिकारी नीतिगत अप्ठ्यारा र झन्झटिलो प्रक्रियाका कारण समस्या आएको बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot