Logo

सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ, गालीगलौजमा उत्रिन्न: भीम रावल



काठमाडौं, माघ २३ । नेकपा (एमाले)का नेता डा. भीम रावलले राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्ने बताएका छन्।

नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो टिप्पणी गरेका हुन्।

आइतबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिडियामाथि खनिएको प्रति लक्षित गर्दै नेता रावलले लेखेका छन्, ‘राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश(जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ। आलोचना सुन्छ। सत्य तथ्य अ‍ौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौँ।’



प्रतिक्रिया दिनुहोस्