Logo

मधेशमा माओवादी सरकारमा सहभागी हुँदै, केन्द्रमा जसपा सहभागी होला त ?



काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी नेपाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने चर्चा सुरु भएको छ । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी सरकारमा सहभागी भएको थिएन । तर, केन्द्रबाट निर्देशन गएपछि माओवादी मधेश प्रदेशमा सहभागी हुन लागेको होछ ।

माओवादी केन्द्रबाट सुनिता यादव र रहबर अन्सारी सरकारमा सहभगाी हुन लागेका हुन् । यादव उद्योगमन्त्री र अन्सारी राज्यमन्त्री हुने भएका हुन् । भोलि माओवादी मधेश प्रदेशमा सहभागी भएसँगै यता केन्द्रमा भने जसपा पनि सरकारमा सहभागी हुने चर्चा बढेको छ । रवि लामिछानेको रास्वपा हिजोबाट सरकारबाट बाहिरिएको छ । रास्वपा बाहिरिएसँगै जसपा सरकारमा इन्ट्री हुने चर्चा छ । जसपाले रास्वपाले यसअघि लिएका मन्त्रालय लिने चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्