Logo

रवि लामिछानेले प्रेस स्वतन्त्रतामाथि धावा बोले : शेखर कोइराला (भिडिओसहित)



काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओलीले न्यायपालिकाको धज्जी उडाएको र रवि लामिछानेले आँफै सञ्चारकर्मी भएर प्रेस स्वतन्त्रतामाथि धावा बोलेको आरोप लगाएका छन् । चितवनमा आयोजित पार्टीको जिल्ला कार्यसमितिको अन्तरक्रियामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सोच्नुहोस, यो सिम्पल कुरा छैन् । अप्ठ्यारो परिस्थितिमा हामी जाँदैछौं भन्ने मलाई लाग्छ । नेपाली कांग्रेस एउटा जिम्मेवार पार्टी भएकोले हामीले सबैलाई समेटेर अगाडि जानुपर्ने आवश्यकत्ता छ ।’

आफूहरुलाई सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सैह्य नहुने बताए । उनले भने,‘स्वतन्त्र न्यायपालिका र संचार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्विकार्य हुँदैन ।’

उनले चितवनले प्रजातन्त्र ल्याउनको लागि गरेको योगदान कसैले पनि बिर्सन नसक्ने बताए । तर, चितवनमा मेयरको चुनाव र पछिल्लो पाँच वर्षको अवधिको विश्लेषण गर्दा चितवन कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई लागेको दुःख आफूहरुलाई पनि लागेको सुनाए ।

उनले चितवनको पार्टीको संगठनमा ह«ास आउनुको कारण आफूहरु भएको सुनाए । उनले राष्ट्रपतिमा नेपाली कांग्रेसले जित्ने दाबी गरे । अन्य दलका नेताहरुसँग भएको छलफलले राष्ट्रपतिको निर्वाचनमा आफूहरुले जित्ने ठोकुवा गरे ।

https://www.facebook.com/dineshchandrathapaliya/videos/860925291849611



प्रतिक्रिया दिनुहोस्