Logo

नेपाल कमर्श क्याम्पसको नेविसंघको विवाद मिलाउन सभापति शेर्पा आँफै फिल्डमा



काठमाडौं, २३ माघ । नेपाल कमर्श क्याम्पसमा संगठनभित्र दुई समूह भनेर विवाद उत्पन्न भएपछि नेविसंघका सभापति दुजाङ शेर्पा विवाद मिलाउन क्याम्पस पुगेका छन् । दुई समूहबीच विवाद हुँदा क्याम्पस हातामा ढुंगामुढासमेत भएको समाचार आएका थिए ।

समाचार सार्वजनिक भएलगत्तै सभापति शेर्पा क्याम्पस पुगेका थिए । अहिले नेविसंघ स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रियामा जुटेको छ । सोही क्रममा दुई समूहबीच विवाद उत्पन्न भएको बताईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्