Logo

बढ्यो इन्धनको मूल्य, उपभोक्ता मारमा



काठमाडौं, माघ २४। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको हो । मूल्यवृद्धिसँगै उपभोक्ता मारमा परेका छन् ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।

‘इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा भनेको छ ।

१६ माघमा प्राप्त नयाँ खरिद मूल्य सूचीबमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मट्टीतेलमा ४.६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मूल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टीकरण छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot