Logo

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नजिकिए प्रचण्ड–देउवा, ओली आक्रोशित



काठमाडौं, २४ माघ । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको छ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दललाई भन्दा बढि भाउ नेपाली कांग्रेसलाई दिन थालेको चर्चा सुरु भएको छ । २६ पुषमा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको पनि मत पाएका थिए ।

सदनमा अभूतपुर्व मत हाँसिल गरेका दाहाल भने सरकार सञ्चालनमा दबाब महशुस गर्न थालेका छन् । राष्ट्रपतिको निर्वाचनमा एमालेले आफ्नो उम्मेदवार विजयी हुने दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री दाहाल भने राष्ट्रपतिको निर्वाचनमा समझदारी कायम गरेर जाने पक्षमा छन् । उनले राष्ट्रपतिको निर्वाचनमा साझा सहमति खोज्ने भन्दै एमालेका उम्मेदवारलाई सहयोग नगर्ने संकेत गरेका छन् ।

दाहालको पछिल्लो अभिव्यक्तिलाई लिएर एमाले नेतृत्व पँक्ति पनि सशंकित बनेको छ । आइतबारको संसद् बैठकमा सत्ता गठबन्धनमा खट्पट् सुरु भएको संकेत विशेष समयमा बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गरिसकेका छन् । उनले कांग्रेसलाई राजनीतिक अस्थिरता निम्त्याउने काम नगर्न चेतावनी दिएका थिए ।

रास्वपा सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले माधव नेपाल र उपेन्द्र यादवँगै कांग्रेससँग सहकार्यको हात बढाएका छन् । कांग्रेस शीर्ष नेताहरुपनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार विजयी हुने दाबी गर्छन् । उनीहरु सरकारमा भने तत्कालै सहभागी नहुने बताउँछन् । प्रधानमन्त्री दाहालको पछिल्लो अभिव्यक्ति र सक्रियताबाट एमाले अध्यक्ष ओली असन्तुष्ट बनेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्