काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आफ्नो पार्टी लोकतान्त्रिक पद्धती र निश्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलापमा रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्–
जननिर्बाचित ब्यस्थापिका,कल्याणकारी कार्यपालिका ,निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक ब्यबस्थाका प्राणवायु नै हुन ।यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फडको मार्न सक्छ ।अझ भन्नेहो भने स्वतन्त्र प्रेसविना त झन लोकतान्त्रिक ब्यवस्थाले ठिकसंग काम गर्न सक्दैन र लोकतान्त्रिक ब्यबस्थाविना नेपाली काँग्रेसको राजनीतिक अभिष्ट पुराहुन सक्दैन। तसर्थ नेपाली काँग्रेस लोकतन्त्रिक पद्धति र निश्चपक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलापमा रहन्छ । कसैको अधिकार हनन हुदा काँग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ ।लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं र फेरी भन्छौं अधिकार संरक्षणका पक्षमा सतीसाल झैं उभिन्छौं ।