Logo

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै



काठमाडौं, माघ २६ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ। बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानामन्त्री पुष्पकमल दाहालबीचको भेटवार्तामा बैठक बोलाउने सहमति भएको थियो।

सरकार बनेको दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएको, सुदुरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाउने अवस्था आएको र राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषयमा सत्तारुढ दल एक मत हुन नसकेको अवस्थामा बस्न लागेको आजको बैठकलाई विशेष मानिएको छ। राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ।



प्रतिक्रिया दिनुहोस्