Logo

सुदूरपश्चिमबाट कांग्रेसको सत्तारोहण सुरु, शाह मुख्यमन्त्री नियुक्त



काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

आज एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीको लागि विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसका संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले भोलि (शुक्रबार) पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । आज सो दलका सांसदहरुले बैठक छलेका थिए ।



प्रतिक्रिया दिनुहोस्