Logo

उच्चस्तरीय बैठक सम्पन्न : रास्वपालाई सरकारमा आउन आग्रह



काठमाडौं, २७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देनलगायतका नेताहरुको सहभागीता रहेको थियो भने जसपा, जनतम र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका थिएनन्।

आजको बैठकमा रास्वपालाई सरकारमा आउन आग्रह गरिएको बताइएको छ। यस्तै, सरकारका कामकारवाही, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्