Logo

हामी विश्वभन्दा १० गुणा पछाडि छौं : पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौं, २७ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली विश्वभन्दा १० गुणा पछाडि रहेको बताएका छन्। विवेकशील साझा पार्टीको महाधिवेशन उद्‍घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली विश्वभन्दा १० गुणा पछाडि रहेको बताएका हुन्।

उनले विश्वको प्रतिव्यक्ति आम्दानी १३ हजार डलर औसत रहेको र नेपालीको १३ सय रहेको बताए। उनले भने, ‘विश्वभन्दा हामी १० गुणा पछाडी छौं। त्यसैले तपाईं हाम्रो चिन्ता चाँसो किन हामी यसरी पछाडी पर्यौ र कसरी हामी ठूलो फडको मारेर विश्वको बराबरीमा पुग्ने भन्ने हो। अगाडि पुगेर कसैमाथि थिचोमिचो गर्ने मनसाय त हाम्रो छैन तर कमसेकम मानव जातीकै मान्छेसरह नेपालीहरुपनि त्यो ठाउँ पुग्नैपर्यो भन्ने हामी सबैको हुटहुटी हो।’



प्रतिक्रिया दिनुहोस्