Logo

प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै



काठमाडौं, २७ माघ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । उनी आगामी सोमबार काठमाडौं आउने भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिनेगरि उनी काठमाडौं ओर्लन लागेका हुन् । नेपाल बसाईको क्रममा उनले परराष्ट्र सचिव, परराष्ट्रमन्त्री डा. विमला पौड्याल र प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने बुझिएको छ ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीमा नियुक्त भएपछि दिएको पहिलो अन्तर्वार्तामा पनि आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । नेपालमा राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । त्यो भन्दा अघि नै प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भैरहेको सूत्रहरुको दाबी छ । क्वात्रा नेपाल मामिलाका जानकार हुन् । उनी विदेश सचिव बन्नुभन्दा अघि नेपालमा राजदूत थिए । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot