काठमाडौं, २७ माघ । निहारिका राजपुत र शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् । निहारिका कुमारी आमाको नामले चिनिएकी छिन् । उनीहरुले जनकपुरको जानकी मन्दिरमा आज विवाह गरेका हुन् ।
निहारिका र शिवराजबीच मुद्दा मामिलासमेत चलेको थियो । तर, यही माघ १७ गते जिल्ला अदालत धनुषामा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम उनीहरुबीच मिलापत्र भएको थियो ।