Logo

केपी ओलीको दाबी : हामीले जो भन्छौं उही राष्ट्रपति हुन्छ



काठमाडौं, २७ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति अबको राष्ट्रपति हुने दाबी गरेका छन् । आजको संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो दाबी गरेका छन् ।  सञ्चारकर्मीले अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा उनले यस्तो जवाफ फर्काएका हुन् । उनले भने–‘हामीले जो भन्छौं उही हुन्छ ।’

पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष ओलीकै निवासमा प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका महत्वपूर्ण पदबारे सहमति भएको जनाईएको छ ।सो सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्