Logo

राष्ट्रपतिको उम्मेदवारको चर्चामा रहेका ठाकुरलाई केपी ओलीले आफ्नै गाडीमा हालेर बालकोट लगेपछि



काठमाडौं, २७ माघ । लोसपाका अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । संसद् भवनबाट बाहिरिने क्रममा ओलीले ठाकुरलाई आफ्नो गाडीमा हालेर लगेका थिए । धेरैले ठाकुरलाई आफ्नो साधन आज नल्याएको कारण लिफ्ट दिएको भन्ने लागेको थियो । तर, ओलीको गाडीमा गएका ठाकुर सिधै ओली निवास बालकोटमा नै ओर्लिएका थिए ।

उनीहरुबीच राजनीतिक विषयमा करिब एक घण्टा भेटवार्ता भएको हो । ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चा गरिएको बेला ओलीले उनलाई आफ्नै गाडीमा हालेर बालकोट लगेका हुन् । लोसपाले यसपटक राष्ट्रपति मधेशवादी दलबाट हुनुपर्ने बताउँदै आएको छ ।

लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान पुर्याएका ठाकुरका नाममा राष्ट्रिय सहमति हुनसक्नेबारे चर्चा भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राष्ट्रपतिमा समझदारी हुने बताएका छन् । एमालेले भने आफूले अघि सार्ने उम्मेदवार नै राष्ट्रपति हुने बताउँदै आएको छ । file photo



प्रतिक्रिया दिनुहोस्