Logo

मुलुक समस्याको भूमरीमा छ, ताली र सस्तो कुरामा नअलमलिऔं : कमल थापा



काठमाडौं, २७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले भने,”मुकुकमा भ्रष्टाचार, आर्थिक संकट,बिदेशी प्रभाव , बेरोजगारी, कुशासन, धर्म परिबर्तन सङ्गै राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भैरहेको छ , तर ठुला भनिने नेताहरु सस्तो लोकप्रियताको गित गाउन मात्रै मस्त छन् ,देशमा समस्या समाधानमा चिन्तित छैन,जुन बिडम्बना हो ” ।

अहिके राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले वाद ,सिद्धान्तको बिबाद गर्ने बेला नभएको राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्त्वपूर्ण बिषय भएको थापाको टिप्पणी थियो ।

राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा सबै जनबर्गिय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन समेत उनले निर्देशन दिए । कार्यक्रममा महामन्त्री त्रय भाष्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र प्रबक्ता बसन्तमानसिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आबश्यकता औल्याए । जनबर्गिय संगठनका प्रमुखहरुले संगठनको अबस्था र भाबी कार्यक्रम बारे बैठकलाई जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्