Logo

चलायमान बन्न थाल्यो भौतिक पूर्वाधार समिति



काठमाडौं, माघ २८ । काठमाडौं उपत्यकाको भौतिक पूर्वाधारका लागि एकीकृत संयन्त्रमार्फत काम गर्न बनेको समन्वय समिति चलायमान बन्न थालेको छ ।

एकीकृत बाग्मती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयूकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा जनताले सास्ती भोग्नुपरेपछि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा साझा संयन्त्रका रूपमा समन्वय समिति बनेको हो ।

काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक शुक्रबार भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा बसेको छ ।

समितिले तीनकुनेस्थित बाग्मती पुल र बिजुलीबजार–धोबीखोला पुलमुनिको कोरिडोर तत्काल सुचारु गर्न प्रभावकारी समन्वय गर्ने भएको छ । विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाको काम सकिएपछि सडकलाई पुरानै अवस्थामा पु¥याउन समन्वय गर्ने विषयमा पनि छलफल भएको छ ।

अबदेखि उपत्यकामा सडक तथा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले काम सुरु गर्नुपहिले समितिलाई जानकारी गराउनुपर्नेछ र समन्वय समितिले कहाँ, कुन निकायले, के गरिरहेका छन् भन्ने’दयगत मन्त्रालयमा दैनिक रिपोर्टिङ गर्नुपर्नेछ ।

कुनै निकायले अर्को निकायको जानकारीबिना नै सडक खन्ने, तार वा पाइप भूमिगत गर्ने, ढल खन्ने, फुटपाथ भत्काउने गर्दा सर्वसाधारणलाई ओहोरदोहोरमा सास्ती पुगेको, सडक जीर्ण भएको, निर्माण सामग्री भद्रगोल अवस्था छाड्ने गरेको, बजेटको दुरुपयोग हुने गरेको र समयमै काम नसकिको जस्ता समस्या अन्त्यको लागि समन्वय समितिले काम सुरु गरेको मन्त्रीको सचिवालयले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्