Logo

क्वात्रा सोमबार नेपाल आउने



काठमाडौं, माघ २८ । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा सोमबार नेपालको भ्रमणमा आउने भएका छन्। विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्रा पहिलो पटक तीन दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप काठमाडौं आउन लागेका हुन्। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot