काठमाडौं, २८ माघ । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौँमा आज (शनिबार) सम्पन्न प्रथम महाधिवेशनबाट बाँस्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् । महासचिवमा रञ्जु दर्शना सर्वसम्मत भएकी छन् । सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने दाहालले बताए । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।