बखतियार अलि–
सर्लाही २८ माघ । भन्सार छलि गरि ल्याएका सामानहरु सर्लाहीका सदरमुकाम मलंगवा लगायत जिल्ला भरिका मुख्य बजारहरुमा छयापछाप्ती देखिन थालेको छ । खुला सीमानाकाको फाईदा उठाउदै तस्करहरु प्रहरीसंग सेटिंङ गरि दिउँसै नेपाल– भारत सीमानाकाबाट सामान ओसारपसार गर्न थालिएको छ ।
सर्लाहीका मुख्य सीमानाका मलंगवाबाटै खुलियाम तस्करी बढेपछि जिल्लाका अरु ३ दर्जन भन्दा बढि नाकाहरुमा सुरक्षा व्यवस्था फितलो हुँदा तस्करहरुलाई झन सहज भएको पर्सा गाउपालिकाका स्थानीय संन्तोष प्रतिहस्तले बताए । सर्लाहीका मुख्य सीमा चौकी सदरमुकाम मलंगवा स्थित गोरखकालीमा थोरै कडाईए गरेको देखिएपनि अरु सीमानाकाहरुमा सयौको संख्यामा महिलालाई प्रयोग गरि दैनिक उपभोग्य वस्तु, लगायत खाधानहरु भारतबाट नेपाल भित्रियाएको देखिन्छ ।
त्यस्तै साईकल, मोटरसाईकलबाट प्रहरीकै सेटिंगमा करोडो रुपैयाको मालसामानहरु व्यापक रुपमा नेपाल–भारत सीमानाकाबाट चोरी पैठारी गरि नेपाल भित्रिने गरेको सामाजिक अभियन्ता शिवचन्द्र चौधरीले बताए । सर्लाहीमा रहेका मुख्य नाका त्यस्तै अरु उप–नाकाहरुमा रहेका प्रहरी चौकीहरुलाई मासिक मोटो रकम दिएर तस्करी हुने गरेको अभियन्ता शिवचन्द्र चौधरीले आरोप लगाए ।
भन्सार छलिका सामानहरु सर्लाहीका बजारहरुमा छयापछाप्ती देखिन थालेपछि यहाका अनुगमन गर्ने निकाय सुतिरहेको आभाष भईरहेको नेपाली कांग्रेसका नेता जगदेव साहले भने । बिहान ४ बजे देखि रातीको ९ बजे सम्म सर्लाहीमा रहेका सीमानाकाहरुबाट ठुलो मात्रामा विभिन्न प्रकारका रेडिमेड, तथा कच्चा पदार्थ प्रहरीकै अगाडीबाट नेपाल भित्रिने गरेको सिमराका स्थानीय रविशंकर झाले बताए ।
दैनिक रुपमा करोडो रुपैयाका माल–सामानहरु भंसार छलि गरि नेपाल आउन थालेपछि राजस्वमा ठुलो गिरावट आएको छ । त्यही तस्करहरु मालामाल भएको जानकारहरुको भनाई छ । सरकारी ढुकुटीमा राजस्व छलिबाट ठुलो ह्रास भएको छ । भन्सार कार्यालयका हाकिम साबहरु कार्यालय सम्म मात्र सिमित भएपछि भन्सार छलिको घटनामा ह्वातै वृद्धि भएको हो । सरोकारवाला निकायहरु नियमित अनुगमन नगर्दा तथा राजस्व चुहावटलाई नियन्त्रण गर्न नसकेपछि राजस्वमा ठुलो घाटा हुन थालेको छ ।
त्यही जिल्लाका तस्करहरु मालामाल हुन थालेको हो । खुला सीमानाकामा सेटिंगको आधारमा खुल्याम तस्करी हुन थालेपछि अपराधिक गतिविधीमा समेत वुद्धि हुन सक्ने जानकारहरुको भनाई छ । यधपी तस्करी नियन्त्रण गर्न दायित्व बोकेका सुरक्षा निकाय आफै प्रभावमा परि निस्कृय भएपछि जिल्लामा तस्करी बढेको हो ।
तस्करी नियन्त्रण गरेन भने राज्यलाई राजस्व घाटा भएको देखिन्छ, भने स्थानीय जनतालाई सुरक्षाको प्रतियाभुती हुन सकेको छैन । दुईचार पैसाको प्रभावमा परि तस्करी र तस्करलाई बढावा दिनु पुर्ण रुपमा गलत कार्य हो । तस्करी नियन्त्रण तथा अवैध मालसामानको आयात माथि पुर्ण प्रतिबन्ध लगाउनुको विकल्प नरहेको सरोकारवालाहरूको भनाई रहेको छ ।