काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद् डा चन्द्र भण्डारीले लघुवित्तको चर्को ब्याजबारे सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनले प्रतिनिधिसभाको बैठकमा लघुवित्तको चर्को ब्याजबारे सरकारले अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘लघुवित्तको चर्को ब्याजका कारण ४० जनाले आत्महत्या गरेका छन्। त्यसमा पनि महिला धेरै छन्। नेपालमा यति धेरै महिला आत्महत्या गर्दा पनि यसबारे हामी मौन छौं। सरकारले यसबारेमा अनुसन्धान गर्नुपर्यो।’